हाम्रो बारेमा

परिचय
पूर्वाञ्चव विकास क्षेत्रमा पर्ने १६ जिल्ला मध्ये एक जिल्ला उदयपुर दक्षिणतर्फ चुरेको फेदीमा रहेको तराई क्षेत्रसंग जोडिएको समथर भू(भाग, भावर, त्यसको उत्तर तर्फ क्रमश चुरेको अति कोमल संवेदनशिल पर्वत, चुरे तथा महाभारत श्रृंखला बीचको भित्रि मधेश हुदैं उत्तर तर्फ महाभारत श्रृंखलासम्म फैलिएको छ । विषम धरातल, उचाई तथा हावापानीको कारणले गर्दा विभिन्न प्रकारको जीवजन्तु, बनस्पति तथा पारिस्थितिकीय प्रणालिको विविधता पाइन्छ । प्राकृतिक वन सम्पदाको दृष्टिकोणले धनी यस जिल्लामा करिब ६० प्रतिशत वन जंगल रहेको छ ।
भौगोलिक स्थिति

१. सिमाना

  • पूर्व ः सुनसरी र धनकुटा जिल्ला
  • पश्चिम ः धनुषा र सिन्धुली जिल्ला
  • उत्तर ः  ओखलढुंगा, खोटाङ्ग र भोजपुर जिल्ला
  • दक्षिण ः सिरहा र सप्तरी जिल्ला

२. क्षेत्रफल ः २,०६,३०० हेक्टर

३. आक्षांस र देशान्तर ः ३६ डिग्री ३९ मिनेट देखी २७ डिग्री ११ मिनेट उत्तरी आक्षांश र ८६ डिग्री ९ मिनेट देखी ८७ डिग्री १ मिनेट पूर्वी देशान्तरसम्म फैलिएको छ ।

४. उचाई ः समुद्र सतहबाट ३६० मिटरदेखी ३००० मिटरसम्म उचाई रहेको छ ।

५. वन जंगलको विवरण

  • क) तराई वनक्षेत्र
  • ख) चुरे वन क्षेत्र
  • ग) दुन वन क्षेत्र
  • घ) मध्य पहाडी वन क्षेत्र